च्याउ खाँदा महोत्तरीमा चार प्रहरी बिरामी

च्याउ खाँदा महोत्तरीमा चार प्रहरी बिरामी

महोत्तरी, २३ मङ्सिर । च्याउ खाँदा महोत्तरीको गौशालामा चार प्रहरी बिरामी परेका छन् ।

इलाका प्रहरी कार्यालय गौशालामा कार्यरत एक सहायक प्रहरी निरीक्षकलगायत तीनजना प्रहरी जवानले हिजो सामूहिक रुपमा आफ्नै परिसरमा रहेको च्याउको अचार खाँदा उनीहरु बिरामी परेका हुन् । बिरामी पर्नेमा सहायक प्रहरी निरीक्षक राम एकवाल यादव, प्रहरी जवान अमरबहादुर खड्कालगायत अन्य दुई प्रहरी जवान रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

दिउँसोको समयमा खाना खाएपछि लगातार रुपमा बान्ता गर्न थालेपछि तत्काल चारैजनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा पठाएका थिए । तर त्यहाँ उपचार सम्भव नभएपछि उनीहरुलाई जनकपुर अञ्चल अस्पतालमा पठाइएको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले जानकारी दिनुभयो

तपाइँको प्रतिक्रिया ।