बुढानीलकण्ठ नगरपालिका र जाइका बीच छलफल
कपन अनलाइन/ ०७२ मंसिर १८
जापानीज सहयोग नियोग जाईका अन्तर्गत काठमाडौँ उपत्यका भूकम्प विपत्ति जोखिम मुल्याङ्कन परियोजना र बुढानीलकण्ठ नगरपालिका बीच भूकम्पबाट क्षति भएका सार्वजनिक भवन तथा विद्यालयहरु पूर्ननिर्माण गर्न तथा नयाँ आवसीय परियोजनाका लागि सहयोगका बारेमा छलफल भएको छ ।
बुढानीलकण्ठ नगरपालिकाका निर्वतमान कार्यकारी अधिकृत विरेन्द्र देव भारतीको नेतृत्वमा जापान भ्रमणमा गएको बेला जाईकासँग आफ्नो भौतिक तथा सार्वजनिक क्षतिको जानकारी गराएका थिए । त्यसै जानकारीलाई आधार मान्दै जाईकाको परियोजनाको टोली बुढानीलकण्ठ नगरपालिकासँग सहकार्य गर्न इच्छु देखिएको हो ।
बुढानीलकण्ठ नगरपालिकामा हिजो मंसिर १७ गते परियोजनाका परामर्शदाता ¥योजि ताकाहाशीको नेतृत्वमा आएको तीन सदस्सीय टोली र नगरपालिकाका निमित्त कार्यकारी प्रमुख राजु प्रसाद न्यौपाने नगरपालिकाका निर्माण इन्जिनियर दिपक भण्डारी , कपन अनलाईनका अध्यक्ष आशिष गुरागाई , उपसम्पादक अशोकराज पाण्डेसँग पहिलो चरणको बैठक सम्पन्न गरेको छ ।
बैठकमा परियोजनाका सदस्यह?ले काठमाडौँमा तीन नगरपालिकालाई पाइलटिङ्ग प्रोजेक्टका ?पमा छनौट गरेको र अहिले प्रि–प्रोजेक्टिङ र डाटा कलेक्सन भईरहेको बताउँदै बुढानीलकण्ठ नगरपालिकासँग सहकार्य गर्न एकदमै उत्साहित रहेको बताएका थिए । नगरपालिकाका तर्फबाट निमित्त कार्यकारी प्रम’ख न्यौपानेले नगरपालिका भित्र भएको मानवीय तथा भौतिक क्षतिको जानकारी गराएका थिए भने कपन अनलाईनको टोलीले बुढानीलकण्ठ नगरपालिका भित्र भएको भूकम्पीय क्षतिका वृत्तचित्र प्रस्तुत् गरेको थियो ।
नगरपालिका भित्र भएको क्षतिका सम्पूर्ण विवरणको जानकारी प्राप्त भएपछि र प्रि–प्रोजेक्टिङको कार्य सम्पन्न भईसकेपछि परियोजनाले के कस्तो भौतिक निर्माणमा सहयोग गर्न सक्छ भन्ने बारेमा फेरि छलफल ह’ने बताइएको छ ।