स्थापना दिवसमा हाजिरी जवाफ

स्थापना दिवसमा हाजिरी जवाफ

नगरपालिका स्थापना दिवसको अवसरमा बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा विद्यालय स्तरिय हाजीरी जवाफ प्रतियोगिता सुरु भएको छ । सोमबार शुरु भएको प्रतियोगितामा दुई वटा समुहको प्रतिस्पर्धा भएको थियो । पहिलो समुहमा बुढानिलकण्ठ स्कुल र दोस्रो समुहमा बुढानिलकण्ठ मोडेल कम्युनिटि एकेडेमीले जित हात पार्न सफल भएका छन् । ति दुवै विद्यालय अन्तिम चरणमा प्रवेश गरेका छन् ।

ggg
पहिलो समुह अन्तर्गत बुढानिलकण्ठ उच्च मा.वि.मा भएको प्रतियोगितामा बाल उद्धार उच्च मा.वि., यज्ञमति मा.वि. र जनजागृती मा.वि. को सहभागिता रहेको थियो । त्यस्तै दोस्रो समुह अन्तर्गत गणेश उच्च मा.वि. मा सम्पन्न प्रतियोगितामा ऊँ स्कुल, नौलिन मा.वि. र धु्रवतारा मा.वि.ले सहभागिता जनाएका थिए । प्रतियोगिताको समुद्घाटन नगरपालिकाका निमित्त कार्यकारी प्रमुख राजू प्रसाद न्यौापानेले गरेका थिए । पहिलो समुहको हाजिरी जवाफ प्रतियोगिताको सञ्चालन पुण्यराज पुडाशैनीले गरेका थिए भने दोस्रो समुहको प्रतियोगिता कपन अनलाईनका उप सम्पादक अशोकराज पाण्डेले गरेका थिए । सो अवसरमा नगर स्थापना दिवसको कार्यक्रम संयोजक लाल बहादुर तामाङ्ग, हाजिरी जवाफ प्रतियोगिताका संयोजक कपन अनलाईनका अध्यक्ष आशिष गुरागाईले आ आफ्नो मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कपन अनलाईनका सम्पादक विकास लम्साल, कपन अनलाईनका निर्देशक नवराज भट्टराई लगायतको उपस्थिती रहेको थियो ।
हाजिरी जवाफ प्रतियोगिता अन्तर्गत मंगलवार हुने प्रतियोगितामा तेस्रो समुह अन्र्तगत गणेश उच्च मा.वि, ग्राम शिक्षा मन्दिर उच्च मा.वि., पञ्चकन्या मा.वि. र जनउद्धार मा.वि. ले प्रतिस्पर्धा गर्दैछन् । सो प्रतियोगिता नौलिन मा.वि. चुनिखेलमा हुनेछ । चौथो समुहमा बुढानिलकण्ठ उच्च मा.वि., महाँकाल जन जागृत उच्च मा.वि., बुढानिलकण्ठ आश्रम स्कुल र सृष्टि ज्ञान उच्च मा.वि. भिड्दैछन् । सो प्रतियोगिता ग्राम शिक्षा उच्च मा.वि, कपनमा हुदैछ ।
सोमबार र मंगलवारको प्रतिस्पर्धाबाट छनोट भएका ४ वटा विद्यालयले अन्तिम चरणमा प्रवेश गर्नेछन् । अन्तिम चरणको प्रतियोगिता नगरपालिका स्थापना भएको दिन पारेर मंसिर १६ मा नै कपन मिलनचोक स्थीत मिलनचोक पार्टि भेन्युमा हुनेछ । उक्त दिन नगर दिवसको कार्यक्रम समेत सोहि स्थानमा हुनेछ ।
प्रतियोगितामा प्रथम हुने विद्यालयलाई २० हजार नगद सहित प्रमाण पत्र, दोस्रो हुनेलाई १५ हजार नगद सहित प्रमाण पत्र, तेस्रो हुनेलाई १० हजार नगद सहित प्रमाण पत्र, चौथो हुनेलाई सान्त्वना पुरस्कार स्वरुप ५ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।