नवोदय बहुउदेश्यीय सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा सम्पन्न

नवोदय बहुउदेश्यीय सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन
काठमाडौं कात्तिक २२।

बुढानीलकण्ठ नगरपालिका वडा नं  १२ मा कार्यालय रहेको नवोदय बहुउदेश्यीय सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सो संस्थाका अध्यक्ष नेत्रप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न उक्त  साधरण सभाको प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिका १२ का अध्यक्ष शम्भुप्रसाद भट्टराईसहित  विभिन्न छिमेकी सहकारी संस्थाका अध्यक्षहरुको उपस्थिति रहेको थियो।

उपाधक्ष्य बिष्णुप्रसाद भट्टराईले स्वागत मन्तब्य राखेको  साधारणसभाको संचालन संस्थाका सचिव रामबाबु नेपालले गरेका थिए ।

साधारण सभाले शेयर पूजी रु २ करोड २६ लाख १६ हजार ४ सय कुल निक्षेप रु २० करोड १८ लाख ५२ हजार गरी  कुल ऋण लगानी १५ करोड ३९ लाख ५५ हजार सहित कुल सम्पति रु २३ करोड १० लाख ३९ हजार पुगेको वित्तीय प्रतिवेदनलाई सभाले अनुमोदन गरेको थियो ।

साधारणसभामा प्रस्तुत लेखापरीक्षण प्रतिवेदन, अन्य बार्षिक प्रतिवेदनहरु छलफल पश्चात पारित गरिएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत शंकरप्रसाद आचार्यले वित्तीय प्रतिवेदन उपर उठेका जिज्ञासाहरुलाई प्रष्ट पार्दै सदस्यहरुमा संस्थाका बिबिध गतिबिधिका बारेमा समेत आफ्ना भनाइहरु राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।