काठमाडौँ महानगरपालिकाका संस्थापक प्रमुख स्वर्गीय सिंहको प्रतिमा कार्यवाहक प्रमुखबाट अनावरण
कपन अनलाइन
काठमाडौं असार २७ ।
काठमाडौँ महानगरपालिकाको वडा १८ ले तपिंताँ पार्कमा महानगरपालिकाका पूर्व प्रमुख स्वर्गीय प्रेमलाल सिंह (पीएल सिंह) को प्रतिमा राखेको छ ।
आज एक कार्यक्रम बिच महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, प्रतिमा अनावरण गरेकी छन। सो कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलसहित वडाध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्यहरु, सिंहका परिवारका सदस्यहरु र स्थानीयबासी सहभागी रहेका थिए।
प्रजातन्त्र पुनःस्थापना भएपछि भएको स्थानीय निर्वाचनबाट पहिलो प्रमुखका रुपमा निर्वाचित भएपछि सिंहको दृष्टि स्थानीय स्वायत्ततामा थियो।
२०४९ सालको स्थानीय निर्वाचनबाट काठमाडौँ नगरपालिकाको प्रमुखका रुपमा निर्वाचित सिंहले २०५२ साल मंसिर २९ गते महानगरपालिका घोषणा गरेर महानगरपालिकाको प्रमुख बनेका थिए ।
तपाइँको प्रतिक्रिया ।
