नगरपालीकामा कर्मचारी थपीदै

नगरपालीकामा कर्मचारी थपीदै

काठमाडौँ, ३ मङ्सिर / काठमाडौं उपत्यकामा करिब १ वर्ष अघि नगरपालीका घोषित बुढानिलकण्ठ नगरपालीकाले २१ जना कर्मचारी थप्ने भएको छ । थप हुने कर्मचारीहरुमा १० जना खरदार, ७ जना सुब्बा, ३ जना इन्जीनीयर र १ जना अमिनि रहेका छन् । आज बसेको नगरपालीकाका प्रमुख एवंं राजनीतीकदल सम्मीलीत बैठकले उक्त निर्णय गरेको हो ।

job

उक्त पदपुर्तिका लागी नगरपालीकाले पदपुर्ति समितिको समेत व्यवस्था गरिएको छ । पदपुर्ति समितिमा अध्यक्ष मोहनसिंह खड्का, सदस्य सचिवमा नगरपालीका प्रमुख विरेन्द्रदेव भारती, स्थाीनीय विकास प्रतिनिधि १, अख्तीयारका प्रतिनिधि १ रहने एमाओवादीका नगर प्रतिनिधि रविन अधिकारीले कपन अनलाईनलाई बताए । पदपुर्ति समितिको बैठक भोलि बस्ने भएको छ ।

पदपुर्ति समितिको बैठकले सो आवश्यकतालाई राष्ट्रिय स्तरका पत्रिकामा विज्ञापन प्रकाशन गराई आवदेन खुल्ला गर्ने र यो पदपुर्ति लिखित एवं मौखिक परिक्षा मार्फत गरिने पदपुर्ति समितिका सचिव एवं नगर प्रमुख विरेन्द्रदेव भारतिले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।