बागमती विश्वविद्यालयको नतिजामा कपन क्याम्पसको उत्कृष्ट प्रदर्शन, यसै वर्ष देखि BE–Computer थप

बागमती विश्वविद्यालयको नतिजामा कपन क्याम्पसको उत्कृष्ट प्रदर्शन, यसै वर्ष देखि BE–Computer थप

कपन अनलाइन

काठमाडौं,असार १७।

बागमती विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा रहेको कपन क्याम्पसले पहिलो सेमेस्टरको परीक्षामा ऐतिहासिक र उत्कृष्ट प्रदर्शन गरेको छ।

बुढानीलकण्ठ–१० मा अवस्थित यस क्याम्पसका विद्यार्थीहरूले विश्वविद्यालयले सार्वजनिक गरेको पहिलो सेमेस्टरको नतिजामा उच्च जीपीए (GPA) सहित सानदार सफलता प्राप्त गरेका हुन्।

क्याम्पसमा सञ्चालित ब्याचलर्स इन एजुकेशन (BEd), ब्याचलर्स इन बिजनेस एडमिनिस्ट्रेशन (BBA) र ब्याचलर्स इन इन्फर्मेशन टेक्नोलोजी (BIT) कार्यक्रमका विद्यार्थीहरूले  उत्कृष्ट प्रदर्शनगरेका छन ।
यसै ऐतिहासिक सफलता र विद्यार्थीहरूको रोजाइलाई मध्यनजर गर्दै कपन क्याम्पसले यसै शैक्षिक सत्रदेखि नयाँ कार्यक्रम पनि थप गरेको छ। क्याम्पसमा अब साविकका विधा बाहेक इन्जिनियरिङ तर्फ ुब्याचलर्स इन कम्प्युटर इन्जिनियरिङ्(BE–Computer) कार्यक्रम पनि अध्यापन गराइने भएको छ।

नयाँ शैक्षिक सत्रका लागि BBA, BE-Computer र  BIT कार्यक्रमहरूमा भर्नाका लागि प्रवेश परीक्षा ९भ्लतचबलअभ भ्हबm० को आवेदन खुला भइसकेको छ। इच्छुक विद्यार्थीहरूले बूढानीलकण्ठ–१०, ह्यान्डबल ग्राउन्ड नजिकै रहेको क्याम्पस प्रशासनको सम्पर्कमा आई आवेदन फारम भर्न सक्ने क्याम्पस प्रशासनले जनाएको छ।
क्याम्पस प्रमुख भुमिदत्त पौडेलले विद्यार्थीहरूको यो उत्कृष्ट नतिजा र क्याम्पसको प्रगतिप्रति खुसी व्यक्त गर्दै   विद्यार्थीहरूले प्रदर्शन गरेको उत्कृष्ट नतिजाले कपन क्याम्पसलाई बुढानीलकण्ठनगरपालिकाको मात्र नभई बागमती प्रदेशकै एक गौरवशाली र उदाहरणीय शैक्षिक संस्थाको रूपमा स्थापित गरेको बताएका छन।

आगमी वर्ष राष्ट्रिय रूपमा नै स्थापित गराउने लक्ष्य रहेको बताउदै उनले यो गरिमालाई अझ उचाइमा  प्रतिबद्ध रहेको  साथै विश्वविद्यालयले परीक्षा सकिएको सातौँ दिनमै पारदर्शी र चुस्त रूपमा नतिजा निकालेर विद्यार्थी र अभिभावकमा ठूलो भरोसा जगाएको धारणा राखेका छन ।

यसैबीच, बागमती विश्वविद्यालयले पनि नेपालको उच्च शिक्षा क्षेत्रमा एउटा नयाँ, क्रान्तिकारी र अनुकरणीय उदाहरण प्रस्तुत गर्दै चौतर्फी प्रशंसा कमाएको छ।

महिनाौँसम्म नतिजाको पर्खाइमा बस्नुपर्ने नेपाली शैक्षिक परिपाटीको अन्त्य गर्दै विश्वविद्यालयले आफ्नो परीक्षा प्रणालीमा आमूल परिवर्तन गरेको छ। जसको फलस्वरूप परीक्षा सकिएको एक हप्ता भित्रै पहिलो सेमेस्टरको नतिजा सार्वजनिक गरेर विश्वविद्यालयले आफ्नो अद्भुत चुस्तता र कार्यक्षमता प्रमाणित गरेको छ।
विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टीज) का अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलका अनुसार समयसापेक्ष गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई पनि प्रभावकारी र चुस्त बनाउने लक्ष्य अनुरूप यो सफलता मिलेको हो।

परीक्षाफल समयमै आउँदा विद्यार्थीहरूको अमूल्य समय बचत भएको छ भने संस्थाको साख समेत बढेको छ। विश्वविद्यालयले सार्वजनिक गरेको विवरण अनुसार शिक्षा तथा सामाजिक विज्ञान संकायमा सबैभन्दा बढी ८९.४४ प्रतिशत, विज्ञान तथा प्रविधि संकायमा ७९.०३ प्रतिशत र व्यवस्थापन तथा कानुन संकायमा ७२.५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

तपाइँको प्रतिक्रिया ।