बुढानिलकण्ठ नगरपालिकामा बर्ड फ्लु पुष्टी, नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

बुढानिलकण्ठ नगरपालिकामा  बर्ड फ्लु पुष्टी,  नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कपन अनलाइन
काठमाडौं असार १०।

 बुढानिलकण्ठ नगरपालिकाले  घातक बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) रोग देखिएको  पुष्टि भएको जनाउँदै कुखुरापालक कृषक तथा उपभोक्ताहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

नगरपालिकाको सूचना अनुसार कुखुरा फार्ममा अनावश्यक व्यक्ति तथा सवारीसाधनको प्रवेश निषेध गर्न, जैविक सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न तथा फार्ममा काम गर्ने व्यक्तिले मास्क, पञ्जा र बुटजस्ता सुरक्षात्मक सामग्री प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ।

त्यसैगरी, कुखुरा तथा चल्ला खरिद गर्दा बर्ड फ्लु नदेखिएको स्थानबाट मात्र ल्याउन, फार्म वरपर कुकुर, बिरालो, मुसा तथा अन्य पशुपन्छीको आवतजावत रोक्न र कुनै कुखुरा वा चल्ला अचानक मरेमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन नगरपालिकाले आग्रह गरेको छ।

तपाइँको प्रतिक्रिया ।