ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफासमीकरण पूरा

ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफासमीकरण पूरा

कपन अनलाइन

काठमाण्डौ,असार ७।

इनल बेलायतमा रहेका नेपाली मूलका प्रतिभाशाली युवा खेलाडीहरूलाई समेटेर आयोजना भइरहेको ‘ए स्टार नेपाल बास्केटबल लिग २०२६’ को पाँचौँ संस्करण सेमिफाइनल चरणमा प्रवेश गरेको छ । नेपाल बास्केटबल लिग यूकेले वुमेन बलर्स क्लबको सहकार्यमा लन्डनको फेल्थमस्थित स्प्रिङवेस्ट एकेडेमीमा आयोजना गरेको क्वार्टरफाइनल खेलहरू सम्पन्न भएसँगै पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा भएको हो ।
गत १५ मार्च २०२६ देखि सुरु भएको  प्रतियोगितालाई नेपाल बाहिर नेपाली समुदायद्वारा आयोजना गरिने सबैभन्दा ठूला बास्केटबल प्रतियोगिताहरूमध्ये एक मानिन्छ, जसले यतिबेला बेलायतभरका बास्केटबल प्रेमीहरूको ध्यान विशेष रूपमा आकर्षित गरिरहेको छ ।
प्रतियोगिताअन्तर्गत गत आइतबार आयोजित क्वार्टरफाइनलका चार खेलहरू निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक रहे । पहिलो खेलमा स्यान्डहस्र्ट निक्सले नर्थोल्ट फ्ल्यामर्समाथि १०४–५२ को फराकिलो अन्तरले जित दर्ता ग¥यो । यस्तै, ग्रीनफोर्ड नाइट्सले ग्रीनफोर्ड रोभर्सलाई ८५–७३ ले पराजित गर्दा बलर्स स्ल्यामर्सले डीबीएसमाथि ९६–९१ को निकै प्रतिस्पर्धात्मक जित निकाल्यो । अन्तिम क्वार्टरफाइनल खेलमा ह्याम्पशायर हुपर्सले कोलचेस्टर इलिटलाई ९१–५८ अङ्कले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित ग¥यो । यसपटक पुरुषतर्फ ११ र महिलातर्फ २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
क्वार्टरफाइनलमा विजयी भएका चार टोलीबीच यही आइतबार (२१ जुन) फेल्थमस्थित स्प्रिङवेस्ट एकेडेमीमै सेमिफाइनल भिडन्त हुनेछ । पहिलो सेमिफाइनलमा स्यान्डहस्र्ट निक्स र ह्याम्पशायर हुपर्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनलमा ग्रीनफोर्ड नाइट्स र बलर्स स्ल्यामर्स आमनेसामने हुनेछन् । लिग संयोजक सार्थक गुरुङका अनुसार सेमिफाइनल खेलहरू प्रतियोगिताकै उच्चस्तरीय र कडा प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
यस पाँचौँ संस्करणको भव्य फाइनल खेल आगामी ४ जुलाई २०२६ मा लन्डनस्थित ब्रुनेल विश्वविद्यालय स्पोट्र्स सेन्टरमा हुने तालिका छ ।
नेपाल बास्केटबल यूकेका अध्यक्ष रूपक गुरुङले खेलाडीहरूको निरन्तर उत्साह र दर्शकहरूको उल्लेखनीय समर्थनबाट आफूहरू अत्यन्त उत्साहित भएको बताए । उनले प्रतियोगिताको मुख्य प्रायोजक ए स्टार मोर्टगेजेस तथा ए स्टार फाइनान्सियल सोलुसन्स यूकेसहित सम्पूर्ण सहयोगी संघसंस्थाहरूलाई निरन्तर सहयोगका लागि धन्यवाद समेत ज्ञापन गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।