बुढ़ानीलकण्ठ गाम्चामा निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन हुने
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १४।
स्थानीय बासिन्दाहरूलाई लक्षित गर्दै Budhanilkantha Social Youth Club र ओम समाज डेंटल हॉस्पिटल को आयोजनामा बुढ़ानीलकण्ठ-१३,गाम्चामा निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।शिविर यही जेठ १६ गते शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ।
शिविरमा अनुभवी दन्त चिकित्सकहरूको टोलीद्वारा दाँत परीक्षण, परामर्श, दाँत सफा (Scaling), आवश्यक परे दाँत निकाल्ने, आवश्यक अनुसार औषधि वितरण गर्ने लगायतका सेवा निःशुल्क प्रदान गरिनेछ। साथै आवश्यक उपचारका लागि विशेष छुटको व्यवस्था समेत गरिएको आयोजकले जानकारी दिएको छ। स्थानीय स्तरमै स्वास्थ्य सेवा उपलब्ध गराई दन्त स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ।
कार्यक्रममा गाम्चा तथा आसपास क्षेत्रका सम्पूर्ण स्थानीयवासीलाई उपस्थित भई सेवा लिन अनुरोध गरिएको छ।
तपाइँको प्रतिक्रिया ।
