विश्व दुध दिवसमा भएको कविता प्रतियोगितामा काठमाण्डौ विद्यालयकी सुकृति कोइराला प्रथम
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १४।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको काठमाण्डौ विद्यालयकी सुकृति कोइराला कविता प्रतियोगितामा प्रथम भएकी छन।
नेपाल डेरी एसोसिएसनको आयोजना र रास्ट्रीय दुग्ध विकास बोर्ड बागमती प्रदेसको सहकार्यमा भएको कविता प्रतियोगितामा कोइरालाले प्रथम स्थान हाशिल गरेकी हुन्।
जेष्ठ १३ गते काठमाण्डौ इङ्गलिस स्कुलमा भएको सो प्रतियोगितामा प्रथम भएकी उनले पुरस्कार सहित प्रमाण पत्र समेत प्राप्त गरेको विद्यालयकी प्रधानाध्यापक सुस्मिता मैनालीले जानकारी दिएकी छन ।
तपाइँको प्रतिक्रिया ।
