मासु र मदिरा बेच्न पाउनुपर्छ भन्दै डेलिगेसन : बुढानिलकण्ठले कायम राख्ला त नदिने आफ्नो अडान ?
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १३।
बुढानीलकण्ठ नगरपालिकाले धार्मिक क्षेत्र वरपर मासु तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेपछि स्थानीय व्यवसायीहरूले आफ्नो व्यवसाय प्रभावित भएको भन्दै नगरपालिकासमक्ष डेलिगेसन गएर निर्णय पुनर्विचार गर्न माग गरेका छन्।
नगरपालिकाले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै बुढानीलकण्ठ क्षेत्रभित्रका धार्मिक स्थल तथा मठमन्दिरको निश्चित दूरीभित्र मदिरा तथा मांसजन्य पदार्थ बिक्री वितरण नगर्न निर्देशन दिएको थियो।
बुढानिलकण्ठ नगरपालिकाले धार्मिक आस्था, सामाजिक सद्भाव तथा सार्वजनिक मर्यादा कायम राख्नका लागि भन्दै सात दिने सुचना जारी गरे संगै कानुनले बर्जित गरेको मासु र मदिरा बेच बिखन गर्न पाउनु पर्छ भन्दै डेलिगेसन आएपछि त्यस विषयमा नगरपालिकाले के गर्ला भन्ने प्रश्न निकै पेचिलो बनेको छ।
नगरपालिकाको कानुनअनुसार दर्ता भएर कर तिरेर व्यवसाय सञ्चालन गरिरहेको अवस्थामा एक्कासी रोक लगाउनु व्यवसायिक अधिकारमाथिको हस्तक्षेप भएको दाबी गर्दै डेलिगेसन आएको अवस्थामा नगरले आगामी दिनमा उठाउने कदम के होला भन्ने प्रश्न अहिले चर्चाको विषय बनेको छ।
ठुलो शंख्यामा भारत लगायतका मुलुकबाट आउने भक्तजनहरुले निर्वाध मासी र मदिरा बेच बिखन भएको देख्दा मन्दिर क्षेत्रमा भोजन गर्न निकै असजिलो मानेको एक स्थानीय मिठाइ पसलेले बताएका छन। भगवान नारायणका भक्तहरुले यस्तो धर्मले बन्देज गरेको मदिरा र मासु देख्दा यहाँ खानपान गर्न हिचकिचाएको भन्दै उनले यसको यथासिघ्र समाधान खोज्नुपर्ने धारणा समेत राखेका छन।
मुलुकी अपराध संहिता तथा स्थानीय प्रशासन सम्बन्धी कानुनहरूले सार्वजनिक शान्ति, धार्मिक सद्भाव र सामाजिक मर्यादामा असर पर्ने गतिविधि नियन्त्रण गर्न स्थानीय प्रशासनलाई अधिकार दिएको कानुन व्यवसायीहरू बताउँछन्।
नगरपालिकाले २०५६ सालको स्थानीय प्रशासन ऐन तथा प्रचलित कानुनी व्यवस्था अनुसार धार्मिक आस्था र सामाजिक मर्यादालाई ध्यानमा राख्दै दिएको निर्देशनको सात दिने म्याद जेष्ठ १२ गते पुरा भएको छ।
अबको दिनमा नगरपालिका संग निर्देशन कार्यन्वयन गर्ने वा धार्मिक सम्पदाको मर्यादालाई अवमुल्यन गर्दै केहि मासु र मदिरा ब्यावसायीहरुको दवावमा झुक्ने दुई विकल्प रहेको देखिन्छ।
नगरपालिकाको सुचना :

