सडक तथा सार्वजनिक क्षेत्रमा अव्यवस्थित व्यवसाय हटाउन बुढानीलकण्ठ नगरपालिकाको निर्देशन

सडक तथा सार्वजनिक क्षेत्रमा अव्यवस्थित व्यवसाय हटाउन बुढानीलकण्ठ नगरपालिकाको निर्देशन

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १२।

बुढानीलकण्ठ नगरपालिकाले नगर क्षेत्रभित्र मुख्य सडक तथा सहायक सडक किनारामा अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका व्यवसाय व्यवस्थापन गर्न सार्वजनिक सूचना जारी गरेको छ।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार फुटपाथ, सडक पेटी तथा सार्वजनिक स्थानमा जथाभावी सामग्री राख्न, पसल विस्तार गर्न तथा निर्माण सामग्री थुपार्न पूर्ण रूपमा रोक लगाइएको छ। साथै ठेला, टहरा, गुम्बा, सवारी मर्मत लगायतका गतिविधि सडक वा फुटपाथमा सञ्चालन नगर्न आग्रह गरिएको छ।

सूचनामा सार्वजनिक सडक तथा पेटीमा बालुवा, गिटी, इँटा, फलाम, सिमेन्टलगायत निर्माण सामग्री राखेमा कारबाही गरिने उल्लेख गरिएको छ। यस्तै, सडक किनारमा अनधिकृत रूपमा फोहोर फाल्ने, पसलको सामग्री प्रदर्शन गर्ने तथा सवारी पार्किङ गर्ने कार्यसमेत निषेध गरिएको छ।

तपाइँको प्रतिक्रिया ।