बौद्धमा लापसे चेकिङ्ग : चार जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा

बौद्धमा लापसे चेकिङ्ग : चार  जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा

कपन अनलाइन

काठमाण्डौ ,चैत २५।

काठमाडौंको प्रहरी वृत्त बौद्ध अगाडी गरिएको लापसे चेकिङमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ४ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

जसमा सार्वजानिक यात्रुवाहक सवारी साधन (भाडाबस) चालक २ जना , माईक्रोबस चालक २ जना रहेका छन् । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोली सहितको सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण व्युरो र ट्राफिक प्रहरी वृत्त बौद्धको संयुक्त टोलिले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ४ जना चालक फेला परेका थिए ।

नियन्त्रणमा आएका उनिहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध काठमाडौं पठाइएको छ |

 

 

तपाइँको प्रतिक्रिया ।