धावक रामसुन्दर कार्कीले ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड पूरा गरे

धावक रामसुन्दर कार्कीले ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड पूरा गरे

कपन अनलाइन
काठमाण्डौ ,चैत १६।

धावक रामसुन्दर कार्कीले ललितपुरदेखि भारतको उत्तरप्रदेशस्थित अयोध्या मन्दिरसम्मको आफ्नो दौड यात्रा पूरा गरेका छन् । करिब ४ सय ५० किलोमिटर दूरी ५५ वर्षीय कार्कीले चैत १३ गते रामनवमीका दिन पूरा गरेको जनाएका छन् । एकतर्फी दौड पूरा गरी कार्की आइतबार स्वदेश फर्किएका छन् ।
गोदावरी नगरपालिका वडा १, गोदामचौरस्थित कार्कीटारमा आफैले निर्माण गरेको हनुमान मन्दिरमा २७ फिट अग्लो पिट्टलको गदा निर्माणका लागि सहयोग संकलन गर्ने अभियानलाई निरन्तरता दिन कार्कीले अयोध्यासम्मको दौड यात्रा गरेका हुन् ।
कार्की यसअघि ललितपुरदेखि जनकपुर पाँचपटक, काठमाडौंदेखि दोलखा ३ पटक, काठमाडौं बुटवल १ पटक, काठमाडौंदेखि सिन्धुली ३ पटक र काठमाडौंदेखि उत्तर प्रदेश १ पटक दौडेर पुगेका थिए ।
त्यस्तै उनले काठमाडौंदेखि भारतको पश्चिम बंगाल हुँदै भुटानको सिमाना फुन्छिुलिङसम्म दौडेका थिए । कार्कीका अनुसार २०६४ सालमा १ सय १ दिन लगाएर नेपालको तत्कालीन ७५ जिल्लानै दौडेर पुगेका थिए ।

तपाइँको प्रतिक्रिया ।