काठमाण्डौ क्षेत्र नं ४ मा प्रभाव बढाउँदै उज्यालो नेपालका दीपक अधिकारी

काठमाण्डौ क्षेत्र नं ४ मा प्रभाव बढाउँदै उज्यालो नेपालका दीपक अधिकारी

कपन अनलाइन

काठमाण्डौ ,फागुन १४।

काठमाण्डौ क्षेत्र नं ४ मा नयाँ शक्ति र वैकल्पिक राजनीतिक धारको चर्चा बढिरहेका बेला उज्यालो नेपालका नेता दीपक अधिकारीले आफ्नो प्रभाव विस्तार गरिरहेका छन्।

लामो समयदेखी शिक्षा र खेलकुद क्षेत्रमा लामो समय देखि सक्रिय अधिकारी  पछिल्लो समय टोल–टोल भेटघाट, युवा समूहसँग संवाद र स्थानीय मुद्दामाथि सक्रिय उपस्थिति जनाउँदै  चुनावी मैदानमा सक्रिय देखिन थालेका छन्।

अधिकारीले विशेषगरी युवा तथा पहिलोपटक मत हाल्ने मतदातामाझ लक्षित अभियान चलाइरहेका छन् भने  सामाजिक सञ्जालमार्फत सन्देश प्रवाह, घरदैलो कार्यक्रम र साना भेला–चौपारीमार्फत संगठन विस्तार पनि गरिरहेका छन।

पहिलो पटक निर्वाचनमा भाग लिएको पार्टीबाट उम्मेदवार बनेका उनले   काठमाण्डौ–४ का सडक स्तरोन्नति, ढल तथा खानेपानी व्यवस्थापन, अव्यवस्थित शहरीकरण, बेरोजगारी र उद्यम प्रवर्द्धनजस्ता विषयलाई उनले प्राथमिक एजेन्डा बनाएका छन्। “ स्थानीय उम्मेदवार, स्थानीय समस्या, स्थानीय समाधान” भन्ने नारासहित उनी घरदैलोमा पुगिरहेका छन।

यस क्षेत्रमा परम्परागत रूपमा ठूला दलबीच प्रतिस्पर्धा हुने गरे पनि उज्यालो नेपालले वैकल्पिक शक्तिको रूपमा मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहेको छ।

आगामी चुनावी अभियान कति प्रभावकारी रूपमा मतदातासम्म पुग्छ भन्ने कुराले नै काठमाण्डौ–४ मा उज्यालो नेपालका दीपक अधिकारीको वास्तविक प्रभाव निर्धारण गर्नेछ।

तपाइँको प्रतिक्रिया ।