मन्त्री भएपछि खेल सिध्याउछु: माधवकुमार नेपाल ( हेर्नुस भिडियो )

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मन्त्री भएपछि खेल सिध्याउने बताएका छन् । हुन त उनी यसअघि नै प्रधानमन्त्री भइसकेका छन् तर उनी कपनअनलाइनका आशिष गुराँगाईसँगको कुराकानीमा भने मन्त्री भएपछि खेल सिध्याउने कुरा गर्दैछन् । के भनेका होलान् त पूर्वप्रधानमन्त्री नेपालले हेर्नुहोस् भिडियो र त्यसको सम्पादीत अंश :

mantri bhayepa6i madhav nepal

तपाईको मनपर्ने खेल कुन हो ?
चेस

कोसँग खेल्नु हुन्छ ?
अरुसँग त कोसँग खेल्नु र कम्प्युटरसँग खेल्छु ।

चेस खेल्दा तपाईलाई मनपर्ने गोटी कुन हो ?
त्यो त मन्त्री नै हो, मन्त्री भएपछि खेल जित्छु जस्तो लाग्छ, अझै हात्ती भए त जसरी पनि जित्छु, मन्त्री र हात्ती मलाई मनपर्ने गोटीमा पर्छ ।

पछिल्लो पटक हेर्नुभएको फिल्म कुन होला ?
हिन्दी फिल्म पिके हेरेको थिए, नेपाली फिल्म धेरै भयो नहेरेको पिसकर भन्ने नेपाली फिल्म हेरेको थिए, त्यसपछि हेरेको छैन ।

नेपाली कलाकारमा मनपर्ने कोही छ ?
कलाकार कै नाम नलिम तर सबै राम्रो छन् ।

कहिलेकाही स्कुल छोडेर भाग्नुभएको थियो ?
पढ्न मलाई एकदमै मनपर्ने भएकोले त्यस्तो कहिले गरिन, पारिवारीक वातावरण नै पढ्ने भएकोले त्यस्तो गर्न कहिले मनपनि लागेन र भाग्दा पनि भागिन । एसएलसीपछि आफै कमाउने र आफै पढ्ने गरियो । एसएलसीसम्म बुबाले पढाउनुभयो त्यसपछि म आफैले कमाउदै पढ्दै गरे त्यो कारणले पनि भागिन ।

हेर्नुस भिडियो

तपाइँको प्रतिक्रिया ।