कपन साहित्य समाजको ५ वर्षमा तीनवटा बैठक
काठमाडौँ ,२२ कात्तिक । भनिन्छ कापनमा कसैले ढुंगा हान्दा पनि साहित्यकारकै टाउकोमा लाग्छ, साहित्यको उर्भरभूमि कपनमा मृत्यप्र्याय अवस्थामा रहेको साहित्य संस्थाको नाम हो कपन साहित्य समाज , उक्त संस्थाका ९ सदस्य भेला भइ संस्थाको भवन आकाशे धारामा हिजो तेस्रो बैठक बसेको थियो , बैठकमा संस्थाका अध्यक्ष मिठाराम अधिकारीले भवन निर्माणमा भएको खर्च तथा भवनका कोठा भाडामा दिए बापत प्राप्त हुने रकमको मौखिक जानकारी गराएका थिए भने अन्य सदस्यहरुले साहित्यिक क्रियाकलापहरु संस्थाले संचालन गर्न नसक्दा चौतर्फी आलोचना सुन्नु परेको बताएका थिए ।

कपन साहित्य समाजको कपन आकाशे धारामा रहेको भवन
यससंगै समाजले कपनका स्थानीय साहित्यकारहरुसंग छलफल गरि साधारण सभा गराउने निर्णय गरेको संस्थाका सचिव पुन्यराज पुडासैनीले कपन अनलाइनलाई जानकारी गराए ।
कपनमा करिब ३ आना क्षेत्र्फलमा फैलिएको आफ्नै २ तले संस्थाको भवन छ। त्यस भवन बाट वार्षिक ५ लाख रुपियाँ आम्दामी हुने गर्दछ भने बुढानिलकण्ठ नगरपालिकाले पनि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्नलाई धेरथोर सहयोग गर्ने गर्दछ तर साहित्यिक कार्य भने हुनसकेको छैन । यस्तो हुनुमा तत्कालीन कपन गाविस छदा यस संस्थामा साहित्यकार हरुको सट्टा राजनीति व्यक्तिहरुको संचालक समिति बनाउँनुनै हो ।
