दश वर्षअघि हराएका बालक पर्सामा भेटिए

पाल्पा, १९ कात्तिक । दश वर्षअघि हराएका बालक अर्जुन खड्का पर्सा जिल्लामा भेटिएका छन् । पाल्पा जिल्ला तानसेन नगरपालिका बतासेडाँडाका खड्का दश वर्षअघि घर छाडेका थिए ।

खड्का पर्साको वीरगन्जस्थित बालकल्याण गृहमा अध्ययनरत रहेको बालकल्याण समिति पाल्पाका बालअधिकृत हरिबहादुर सारुले जानकारी दिनुभयो । खड्कालाई माइती नेपालको पहलमा वि.स. २०६२ साल जेठ ९ गते बालकल्याण गृहमा भर्ना गरिएको थियो । उनी बालगृहमा अध्ययन गर्दै आएका थिए ।

विद्यालयमा रजिस्ट्रेसन भर्दा जन्ममितिको प्रमाणपत्र आवश्यक पर्ने भएकाले जिल्ला बालकल्याण समिति पर्साले पाल्पालाई पत्रचार गरेपछि खड्का सम्पर्कमा आएको बालअधिकृत सारुले जानकारी दिनुभयो । खड्काका बुबा भूपेन्द्र खड्काको भने मृत्यु भइसकेको छ ।

तपाइँको प्रतिक्रिया ।