बुढानीलकण्ठ नगर युवा परिषद्को कार्यकारी उपाध्यक्ष पदमा शिरिष पौडेल
कपन अनलाइन
काठमाडौं, पुस २१।
बुढानीलकण्ठ नगरपालिका नगर युवा परिषद्को कार्यकारी उपाध्यक्ष पदमा अधिवक्ता शिरिष पौडेल नियुक्त भएका छन ।
बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारीले प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला र प्रशासकीय अधिकृत महेश पाठक सहितको उपस्थितिमा पौडेललाई औपचारिक पत्र प्रदान गरेका थिए।
नगरपालिकाले युवाको सहभागिता, नेतृत्व विकास तथा नीति निर्माणमा युवाको भूमिकालाई थप सशक्त बनाउने उद्देश्यसहित पौडेललाई जिम्मेवारी प्रदान गरेको नगरपालिकाले जानकारी दिएको छ।
तपाइँको प्रतिक्रिया ।
