गोकर्णेश्वरका विध्यालय माथि ७ सय ४० प्रतिसत भन्दा बढी शुल्क वृद्धि ,आन्दोलनमा उत्रने संगठनहरुको तयारी

गोकर्णेश्वरका विध्यालय माथि ७ सय ४० प्रतिसत भन्दा बढी शुल्क वृद्धि ,आन्दोलनमा उत्रने संगठनहरुको तयारी

 

कपन अनलाइन

काठमाडौं,पुस ६।

गोकर्णेश्वर नगरपालिकाले सरोकारवाला पक्ष संग कुनै छलफल बिनै चर्को शुल्क लगाउने निर्णय गरेपछि आन्दोलनको तयारी गरिएको छ।

एकै आर्थिक वर्षमा ७४० प्रतिशत सम्म दस्तुर बढाएको भन्दै संस्थागत विद्यालयका संगठनहरुले  ध्यानाकर्षण पत्र बुझाउँदै अस्वाभाविक रुपमा शुल्क वृद्धि गर्ने अवैज्ञानिक निर्णयमा असहमति जनाएका छन।

अनुगमनका नाममा १४ हजार देखि ४० हजार सम्म शुल्क राखेको गोकर्णेश्वर नगरपालिकाले नवीकरणका लागि पनि १२ हजार देखि ४२ हजार सम्म शुल्क तोकको छ जुन अघिल्लो वर्ष भन्दा ७४० प्रतिशत सम्म बढी हुने विद्यालयहरुले जनाएका छन।

गोकर्णेश्वर नगरपालिकामा कृयाशिल निसान,इसान,नेशनल प्याब्सन,अपेन,हिसान र शैक्षिक महिला संजालले संयुक्त रुपमा नगरप्रमुख दिपक रिसाल र उप-प्रमुख सान्नानी लामालाई ध्यानाकर्षण पत्र बुझाउदै आफ्नो माग  सम्बोधन नभएमा कडा प्रकृतिका आन्दोलनमा जानुपर्ने बाध्यता सृजना हुने बताएका छन।

नगरपालिकामा भएको बेथितिको बारेमा प्याब्सनका नेता हरिकृष्ण श्रेष्ठले जानकारी गराउँदै आफ्नो  मागको सम्बोधन नगरे चरणवद्द आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए ।

कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले विद्यालयहरुका  जायज माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएकी थिइन् भने  प्रमुख दिपक रिसालले सके सम्म संस्थागत विद्यालयको मर्का बुझ्ने बताउदै सहजीकरण समिति गठनको प्रस्ताव गरेका थिए।

यस्तो छ नगरपालिकाको शुल्क विवरण : 

तपाइँको प्रतिक्रिया ।