ललितपुर महानगरपालिका वडा नं १६ लाई भेट्रान टिम उपाधि
कपन अनलाइन
काठमाडौं,पुस ४।
ललितपुर महानगरपालिका वडा १६ ले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष टिम इभेन्टको उपाधि शुक्रबार जितेको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रकाश धाक्वा, राजेन्द्र श्रेष्ठ, रितम शाक्य, सुरज वज्राचार्य र राजु शाक्यको टोलीले ललितपुर २० का राजिप महर्जन, संघरत्न डंगोल, सुरेश वज्राचार्य, सञ्जय शाक्य र धनबहादुर महर्जनको टोलीलाई ३–० ले पराजित ग¥यो । ललितपुर ९ र ललितपुर ११ तेश्रो बने ।
स्पिन इभेन्ट्सको व्यवस्थापन तथा स्पिन टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको अन्तिम दिन शनिबार ५ स्पर्धाको फाइनल हुनेछ ।
पुरुष खुला सिंगल्स ललितपुर १६ का संयोग कपाली र ललितपुर ८ का रुविन महर्जनले फाइनल खेल्ने छन् । महिला सिंगल्समा संखुवासभा ४ की वियंका राई र शिवसताक्षी ८ की इभाना थापा उपाधिका लागि भिड्ने छन् ।
त्यस्तै भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा काठमाडौं महानगरपालिका २६ का चन्दन शाही र ललितपुर २ का समिप श्रेष्ठ, पुरुष टिम इभेन्टमा ललितपुर ८ र ७ तथा भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा ललितपुर ११ का राजेन्द्र वज्राचार्य र कीर्तिपुर ६ का जयराम महर्जनले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
