तेश्रो काष्ठमण्डप कप शुरु

तेश्रो काष्ठमण्डप कप शुरु

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २५।

काष्ठमण्डप विद्यालयको आयोजनामा तेश्रो काष्ठमण्डप कप बुधबारदेखि सुरु भएको छ । प्रतियोगिताको आयोजक काष्ठमण्डपकी संस्थापक तथा निर्देशक डा. शिवा थापाले एक कार्यक्रमबीच उद्घाटन गरिन् ।
फुटसलको सिनियर ब्वाइजमा मातृभूमिले काठमाडौं मेरिडियनलाई २–१ तथा काष्ठमण्डप ‘बी’ ले काठमाडौं मेरिडियनलाई २–० ले पराजित गरे । जुनियर ब्वाइजमा मातृभूमिले अनमोल ज्योतिलाई ३–२ तथा लिटिल वन्डरले अनमोल ज्योतिलाई ३–२ ले हराए । सिनियर गल्र्समा ग्यालेक्सी पब्लिकले न्यु मिलिनियमलाई ४–१ गोलले पाखा  लगायो ।
बास्केटबलको ब्वाइजमा टीआईएले मातृभूमिलाई ४६–३५, कान्तिपुरले आध्ययनलाई ३२–१० र मल्पी सिटीले काष्ठमण्डप ‘ए’ लाई २४–१४ ले पराजित गरे । गल्र्समा काष्ठमण्डप ‘ए’ ले मातृभूमिलाई १२–११, काठमाडौं मेरिडियनले लिटिल वन्डर १२–४ र द एक्सेल्सियर स्कुलले संस्कृति इन्टरनेसनललाई १८–८ ले हराए ।

तपाइँको प्रतिक्रिया ।