सुदर्शन आचार्य र विसु कुमार केसीको सिफारिसले नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ मा तरंग……..

सुदर्शन आचार्य र विसु कुमार केसीको सिफारिसले नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ मा तरंग……..

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २४।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ क्षेत्रीय कार्यसमितिले रास्ट्रीय सभाका लागि सुदर्शन आचार्य र विसु कुमार केसीको नाम सिफारिस गरे संगै क्षेत्रको राजनीतिमा तरंग देखिएको छ।

माघ ११ गते हुने राष्ट्रिय सभाका लागि अरुणकुमार सुवेदी, सुदर्शन आचार्य, विसु कुमार केसी, उमेश थानी, दिव्यमणि राजभण्डारी, कर्माछिरिङ शेर्पा, अनारदेवी बस्नेत, कमला शर्मा राई, सत्यमान लामा, नर्मदा पोखरेल, र शशि रिमालको नाम सिफारिस गरिएको छ।

आचार्य र केसी संगै विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुको सिफारिसले नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ अन्तर्गत रहेका स्थानीय र प्रदेस तहका निर्वाचनमा प्रभावशाली परिचालनमा सहयोग पुग्ने विस्वास व्यक्त गरिएको छ।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील आचार्य र पुर्व प्रशासक तथा कवी केसी क्षेत्रबाट रास्ट्रीय सभा उम्मेदवारमा सिफारिस गरेको  क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभा तर्फ महामन्त्री गगन कुमार थापाको एकल नाम सिफारिस गरेको छ।

काठमाण्डौ क्षेत्र नं ४ का स्थानीय नेता तथा कार्यकर्ताहरुको विश्लेषण,आँकलन र अनुमान भन्दा फरक रहेका नेताहरुको सिफारिसले यहाँ क्रियाशील स्थानीय नेताहरुको  राजनीतिक भविष्य र भूमिकाका बारेमा पनि चर्चा र छलफल व्यापक बनेको छ।

काठमाण्डौ क्षेत्र नं ४ का १२ वडा मध्ये ८ वटा रहेको बुढानिलकण्ठ नगरपालिकाबाट दुई जनाको नाम सिफारिस गरेर आगामी स्थानीय निर्वाचन केन्द्रीत अभियान शुरु गरेको संकेत दिएका कांग्रेस महामन्त्री थापाले  यस क्षेत्रमा रबिन अधिकारी, राजाराम बुढाथोकी, न्युछे नारायण श्रेष्ठ, इन्द्रबहादुर थापा,विनोद चालिसे र श्यामकृष्ण संगत सहित दर्जनौ नेताहरुको व्यवस्थापन गर्नेकाम प्रारम्भ गरिएको नेपाली कांग्रेसका एक काठमाण्डौ निवासी केन्द्रीय तहका नेताले बताएका छन।

संसदीय फाँटमा कुनै पनि भूगोलको निर्वाचनमा दावेदारी प्रस्तुत नगर्ने अडान सार्वजनिक रुपमा राख्दै आएका आचार्य र केसी दुवै नेपाली लेखक संघमा आवद्ध रहेका छन।

तपाइँको प्रतिक्रिया ।