१९ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबलमा सत्यसाइ र सेबको जित

१९ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबलमा सत्यसाइ र सेबको जित

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २४ ।

सत्यसाइ र सेबले १९ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार जित हात पारेका छन् । सत्यसाइले नेक्ससलाई ३१–२२ तथा सेबले ह्वाइट माउन्टेनलाई २६–१४ ले पराजित गरे ।
सिनियर गल्र्समै त्रिज्योतिले एलएलाई २८–२०, बेलमोन्टले साम्तेनलाई २६–२४, फेरिल्यान्डले ज्ञानसंस्कारलाई २०–१० र आयोजक भ्याली पब्लिक ‘बी’ ले सेन्ट लरेन्सलाई २२–१५ ले हराए ।
सिनियर ब्वाइजमा बागमतीले ह्वाइटफिल्डलाई ३९–२८, डा. मेमोरियलले रोजमेरीलाई ३८–२५, भ्याली पब्लिक ‘ए’ ले ग्रिनल्यान्डलाई ४९–२६, क्यान्भासले एलएलाई ३१–२२ र हेराल्डले सेन्ट लरेन्सलाई ३४–२७ ले पाखा लगाए ।
जुनियर ब्वाइजमा गण्डकीले एसियनलाई २०–१४, त्रिज्योतिले सेबलाई २२–२०, फेरिल्यान्डले ज्ञानसंस्कारलाई २६–१४, सेन्ट जोसेफले क्यान्भासलाई १८–१४ र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले एनसीसीएसलाई २३–१५ ले पन्छाए ।

तपाइँको प्रतिक्रिया ।