काष्ठमण्डप कप बुधबारदेखि हुने
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २२।
काष्ठमण्डप विद्यालयको आयोजनामा तेश्रो काष्ठमण्डपं कप बुधबारदेखि हुने भएको । कपमा बास्केटबल र फुटसलमा प्रतिस्पर्धा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा काष्ठमण्डपका इसीए इन्जार्च सुन्दर बुढाथोकीले जानकारी गराए ।
बास्केटबलको सिनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिमको सहभागिता रहने छ । फुटसलको सिनियर ब्वाइजमा ९, जुनियर ब्वाइजको यु–१३ मा १२ तथा सिनियर गल्र्समा ८ टिमले भाग लिने छन् ।
पाँचै विधाका खेल लिग कम नकआउट आधरमा खेलाइने छ । खेल मण्डिखाटारस्थित आयोजकको हातामा हुनेछ ।
तपाइँको प्रतिक्रिया ।
