केन्द्रमा वर्तमान नेतृत्वको निरन्तरताका लागि प्रतिनिधिमा मेरो उम्मेदवारी : लक्ष्मी प्रसाद संग्रौला

केन्द्रमा वर्तमान नेतृत्वको निरन्तरताका लागि प्रतिनिधिमा मेरो उम्मेदवारी : लक्ष्मी प्रसाद संग्रौला

कपन अनलाइन

काठमाडौं, मंसिर १३।

नेकपा एमालेका नेता लक्ष्मी प्रसाद संग्रौलाले केन्द्रमा केपी ओलीको नेतृत्व निरन्तरताका लागि काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधि दौडमा रहेको बताएका छन।

नेकपा एमालेलाई शसक्त बनाउनका लागि वर्तमान नेतृत्वको निरन्तरता आवस्यक रहेको भन्दै उनले आफुलाई मतदान गरेर सहयोग गर्नका लागि आम पार्टी सदस्यहरुलाई अनुरोध समेत गरेका छन ।

नेकपा एमालेको ११ औ महाधिवेसनको प्रतिनिधिका लागि उम्मेद्वारी दर्ता गराएका संग्रौला  पुर्व जिल्ला कमिटी सदस्य तथा बुढानिलकण्ठ नगर कमिटी इन्चार्ज  समेत रहेका थिए।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को उपाध्यक्षको जिम्मेवारी बहन गरिसकेका संग्रौला लामो समय देखि नेकपा एमालेको संगठन विस्तार र निर्माणमा सक्रिय रहदै आएका छन।

सहकारी तथा सामाजिक सेवामा समेत क्रियाशील रहेका उनि हाल बुढानिलकण्ठ नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण समितीको संयोजक समेत रहेका छन।

तपाइँको प्रतिक्रिया ।