अफगानिस्तानमा गएको भूकम्पमा २८८ को मृत्यु, पाकिस्तानमा मात्र २१४ मारिए

अफगानिस्तानमा गएको भूकम्पमा २८८ को मृत्यु, पाकिस्तानमा मात्र २१४ मारिए

इस्लामाबाद, १० कात्तिक । अफगानिस्तानको हिन्दकुस पर्वत इलाकामा केन्द्र विन्दु भई सोमबार गएको ७.५ रिक्टर स्केटको भूकम्पमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या करिब २८८ पुगेको समाचार छ ।
यस प्रकोपमा परी मारिएका व्यक्तिको मृतकको सङ्ख्याका साथै क्षतिको विस्तृत विवरण भने अmभैm पनि प्राप्त भई नसकेको बताइएको छ ।

पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा गएको यस भूकम्पमा परी पाकिस्तानका मात्र २१४ जना नागरिकको मृत्यु भएको जनाइएको छ ।

साथै अन्य १ हजार ८०० भन्दाबढी व्यक्ति घाइते भएका पाकिस्तानको प्रकोप व्यवस्थापन अधिकारीहरुले जानकारी दिएका छन् ।

तर अफगान अधिकारीहरुले भने अफगानिस्तानतर्फ यस भूकम्पमा परी ६३ मात्र व्यक्तिको मृत्यु हुनुको साथै सयौँ व्यक्ति घाइते भएका बताएका छन् ।

अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये करिब एक दर्जन प्रान्तमा यो हताहतको सङ्ख्या प्राप्त भएको बताइएको छ ।

प्रारम्भिक समाचार अनुसार यस भूकम्पबाट अफगानस्तिानको बादखसान, तखार नानगार्हार र कुनार प्रान्तमा ठूलो मात्रामा मानवीय र भौतिक क्षति भएको जनाइएको छ ।

टेलिफोन लाइन र अन्य सञ्चारमाध्यको सम्पर्क पनि विच्छेद भएको हुनाले अन्य विस्तृत विवरण भने प्राप्त नभएको बताइएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाका अनुसार यो भूकम्प ७.५ रिक्टर स्केलको मापन गरिएको छ ।
दुर्गम क्षेत्रमा रहेको उत्तरी तखार प्रान्तमा एक बिद्यालय भवन भत्किँदा त्यहाँबाट भाग्न खोजेका १६ बर्ष भन्दामुनिका करिब एक दर्जन बालिकाको मृत्यु भएको जनाइएको छ ।
अफगानिस्तानमा यसअघि पनि सन् २००५ को अक्टोबरमा यस्तै शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पमा परी सात हजार ५०० नागरि मारिएका थिए ।
साथै सो भूकम्पले गर्दा ३५ लाख नागरिक घरबारबिहीन बनेका थिए । त्यसअघि यसै वर्षको मे महिनामा नेपालमा पनि यस्तै शक्तिशाली भूकम्प गएको थियो ।
त्यसमा परी आठ हजार ९०० मानिस मारिएका थिए । यसका कारण पहिरोको प्रकोप पनि बढेको बताइएको थियो ।  एएफपी

तपाइँको प्रतिक्रिया ।