काठमाण्डौ-४ मा प्रतिनिधि छनौटका लागि निर्वाचन हुने सम्भावना उच्च, कसको पल्ला भारी ?
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ११।
नेकपा एमालेको ११ औ महाधिवेसनका लागि मङ्सिर १३ गते हुने प्रतिनिधि छनौटका लागि निर्वाचन हुने सम्भावना बढेको छ। मङ्सिर १३ गते चाबहिलमा रहेको ए वन पार्टी प्यालेसमा हुने प्रतिनिधि छनौटका लागि निर्वाचनको तयारी गरिएको छ।
पुर्व रास्ट्रपति विद्यादेवी भण्डारीको बसोवास रहेको काठमाण्डौ क्षेत्र नं ४ मा चार दर्जन भन्दा बढीले उम्मेद्वारी दिए संगै प्रतिनिधि छनौटको विषयलाई निकै चासो पुर्वक हेरिएको छ।
अध्यक्ष केपी ओली र बरिष्ठ उपाध्यक्ष विच प्रतिस्पर्धा हुने आसन्न महाधिवेसनमा काठमाण्डौ जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा बाक्लो शंख्यामा प्रतिनिधिका उम्मेदवारले मनोनयन गर्दा सहमतिको सम्भावना कमजोर बनेपछि क्षेत्रीय कमिटीहरुले निर्वाचनको तयारी गरेका छन।
काठमाण्डौका निर्वाचन क्षेत्रहरुमा सबैभन्दा धेरै उम्मेदवार रहेको काठमाण्डौ क्षेत्र नं ४ मा ओली पक्ष र विद्या-ईश्वर समुह बन्ने संकेत देखिए संगै आगामी सनिवार निर्वाचन हुने उच्च सम्भावना देखिएको एक जिल्ला कमिटी सदस्यले बताएका छन।
सतहमाराजन नदेखिए पनि तीव्र आन्तरिक चलखेल भएको अहिलेको अवस्थामा उद्धव खरेल, केदारराज पुडासैनी,शिव भट्टराई, विदुर विक्रम खड्का, संगम गहतराज,जयराम थापा,राजन कुमार पोखरेल,लक्ष्मी प्रसाद संग्रौला,धुर्व भट्टराई लगायतका नेताहरु मैदानमा ओर्लिए पछि सहमतिको सम्भावना घट्दै गएको उनको भनाइ रहेको छ।
अध्यक्ष ओली निकट स्थायी कमिटी सदस्य डा.राजन भट्टराईको निर्वाचन क्षेत्र काठमाण्डौ-४ मा अहिले दुवै समुहले छलफल र भेटघाटलाई तीव्रता दिएका छन।
तिन खुल्ला,एक महिला र एक युवा क्लस्टरबाट ५ जना प्रतिनिधि बन्ने काठमाण्डौ क्षेत्र नं ४ मा ५१ जना दावेदार रहेका छन जसमा लामो समय देखि क्षेत्रको नेतृत्वमा रहेका नेताहरुले पनि उम्मेद्वारी दिएका छन।
को को छन महाधिवेसन प्रतिनिधि उम्मेदवारहरु?
खुल्ला तर्फ :
१. पुरुषोत्तम दाहाल
२.श्रीकृष्ण श्रेष्ठ
३.मनोहर थापा
४. जयराम थापा
५. केदारराज पुडासैनी
६.कृष्णमणि भट्टराई
७.सुमन तामाङ
८.धुर्वराज न्यौपाने
९.खडानन्द लुइँटेल
१०.गोविन्द कटवाल
११.शिव प्रसाद भट्टराई
१२.राजन कुमार पोखरेल
१३.विदुर विक्रम खड्का
१४ . सोम बहादुर गुरुङ
१५.शम्भु प्रसाद भट्टराई
१६.धुर्व प्रसाद भट्टराई
१७. उद्दव प्रसाद खरेल
१८.राजेन्द्र श्रेष्ठ
१९.लक्ष्मी प्रसाद संग्रौला
२०.गोविन्द पन्त
२१.संगम गहतराज
२२.दिलिप थिङ्ग
२३.दिपेन्द्र पुडासैनी
२४. रमादेवी राई ( खुल्ला महिला ) *
२५. सुनिता गुरुङ ( खुल्ला महिला ) *
२६. प्यारी कुमारी शर्मा ( खुल्ला महिला ) *
युवा क्लस्टर :
१.प्रकाश कटवाल
२.सुजन गिरि
३.सबिन अधिकारी
४.राज कुमार सिम्खडा
५. रामशरण सापकोटा
६.धर्म लाल श्रेष्ठ
७.मिलन श्रेष्ठ
८.अजित कुमार लामा
९.सरोज धिताल
१०.निरकाजी राई
११.गीता गौतम ( रोजु )
१२.पुरुषोत्तम सापकोटा
१३.कर्ण तामाङ
महिला :
१.सरस्वती कार्की
२.राधा कुमारी दाहाल
३.अनिता भण्डारी चौलागाई
४.शिला लामा
५.गंगा सिवाकोटी
६.मेनुका सापकोटा
७.शुशिला कडायत
८.निर्मला पुडासैनी
९.सुमित्रा त्रिपाठी पाण्डे
१०.रति महर्जन
११.ज्ञानु कार्की थापा
दलित तर्फ :
१. भक्त बहादुर दर्नाल
२.गोमा विश्वकर्मा
