काठमाण्डौ क्षेत्र नं ४ को युवा क्लस्टर तर्फ महाधिवेसन प्रतिनिधिमा धर्मलाल श्रेष्ठको उम्मेद्वारी

काठमाण्डौ क्षेत्र नं ४ को युवा क्लस्टर तर्फ महाधिवेसन प्रतिनिधिमा धर्मलाल श्रेष्ठको उम्मेद्वारी

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ११।

नेकपा एमालेको ११ औ महाधिवेसनको प्रतिनिधिका लागि बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का धर्म लाल श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १३ कमिटीको अध्यक्ष समेत रहेका श्रेष्ठले युवा क्लस्टर तर्फ महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दर्ता गराएका हुन्।

२०६४ साल देखि वडा कमिटीको सचिव हुदै अध्यक्षका रुपमा सक्रिय रहेका उनले राजनीतिक संगै सामाजिक र सांस्कृतिक विकासको क्षेत्रमा निरन्तर सक्रिय रहदै आएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा संगठन विस्तारमा योगदान पुर्याएका श्रेष्ठले मङ्सिर १३ गते हुने निर्वाचनमा सहयोग गर्नका लागि सम्पूर्ण पार्टी सदस्यहरुमा अनुरोध समेत गरेका छन ।

तपाइँको प्रतिक्रिया ।