सर्वसम्मत नभएमा महाधिवेसन प्रतिनिधिमा मेरो उम्मेद्वारी हुनेछ : नगर प्रमुख मिठाराम अधिकारी

सर्वसम्मत नभएमा महाधिवेसन प्रतिनिधिमा मेरो उम्मेद्वारी हुनेछ : नगर प्रमुख मिठाराम अधिकारी

कपन अनलाइन

काठमाण्ड,मङ्सिर ७।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले नेकपा एमालेको ११ औ महाधिवेसनमा काठमाण्डौ क्षेत्र नं ४ बाट सर्वसम्मत प्रतिनिधि छनौट नभएमा आफ्नो पनि उम्मेद्वारी रहने बताएका छन।

कपन अनलाइन संग कुरा गर्दै नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य समेत रहेका नगर प्रमुख अधिकारीले आफ्नो अथक प्रयास सर्वसम्मतिका लागि हुने र सो परिस्थिति नबनेमा आफुले पनि उम्मेद्वारी दिने तयारी गरेको बताएका हुन् ।

पंचायतकालिन अवस्थामा राजनीतिमा सहभागी बनेर करिव ४ दशक  नेपाली कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याएका अधिकारी २०४९ र २०५४ सालको निर्वाचनमा साविक कपन गाविसको अध्यक्ष पदका उम्मेदवार थिए।

२०४९ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार आत्माराम पौडेल संग झिनो मतले पराजित भएका अधिकारीले २०५४ सालको निर्वाचनमा तिनै पौडेललाई पराजित गर्दै कपन गाविसको अध्यक्ष पदमा निर्वाचित बनेका थिए।

कपन गाउँ कमिटी सचिव,जिल्ला कमिटी सदस्य,महाधिवेसन प्रतिनिधि हुदै बागमती प्रदेस कमिटी सदस्य बनेका अधिकारीले  विकासप्रेमी नेताका रुपमा परिचय बनाएका छ।

 

तपाइँको प्रतिक्रिया ।