११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल : जेसिस क्वाटरफाइनलमा
कपन अनलाइन
काठमाण्ड,मङ्सिर ६।
जेसिस ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा जेसिसले एलआरआईलाई १७–१४ ले पराजित ग¥यो । जेसिसकी सकिना महर्जनले १० अंक जोडिन् ।
जुनियर ब्वाइजमा पिपुल्सले रेडियन्टलाई १३–८ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । विजयी टिमका लागि लभिज मगरले ४ अंक जोडे ।
सिनियर ब्वाइजमा ओएसिसले रेडियन्ट रिडर्सलाई ३७–२८, पिपुल्सले एनआईसी एकेडेमीलाई ३६–१९, कश्यपले एलआरआईलाई २५–१५, पुष्पसदनले आयोजक रेडियन्ट पब्लिकलाई ४६–४३ र बेबी एन्जलले सभ्यतालाई २०–५ ले पन्छ्याउदै प्रिक्वाटरफाइनलमा स्थान बनाए । ओएसिसका सिद्धान्तले १६, पिपुल्सका बचनले १८, कश्यपका इसान तिमल्सिनाले १२, पुष्पसदनका रवन महर्जनले १३ र बेबी एन्जलका आर्यन नगरकोटीले १० अंक बटुले ।
