काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने केदारराज पुडासैनीको तयारी
कपन अनलाइन
काठमाण्ड,मङ्सिर ५।
नेकपा एमाले बागमती प्रदेस लेखा समितीका सदस्य केदारराज पुडासैनीले नेकपा एमालेको ११ औ महाधिवेसनमा प्रतिनिधिका लागि उम्मेद्वारी दिने तयारी गरेका छन।
२०७९ को निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ को निर्वाचन परिचालन कमिटीका सह संयोजक रहेका पुडासैनीले नेकपा एमालेको महाधिवेसनमा प्रतिनिधि बन्नका लागि आन्तरिक तयारी र परामर्शलाई तीव्रता दिएका हुन्।
नेकपा एमाले ओखलढुंगा – काठमाण्डौ सम्पर्क मंचको अध्यक्ष हुदै केन्द्रीय सम्पर्क समन्वयमा सदस्य रहेर काम गरिसकेका पुडासैनी त्रिभुवन विश्व विद्यालयमा सह प्राध्यापकका रुपमा लामो समय योगदान पुर्याएका पुराना नेता समेत हुन्।
२०७४ र २०७९ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा नेकपा एमालेको प्यानल नै विजयी बनाउनका लागि निर्णायक भूमिका खेलेका पुडासैनी २०५० को दशक देखि नै तत्कालिन काठमाण्डौ क्षेत्र नं १ ,२ हुदै बनेको क्षेत्र नं ४ मा विभिन्न भूमिकामा सक्रिय रहदै आएका छन।
नेकपा एमालेको संगठन विस्तार र चुनावी मोर्चामा पद र ओहोदा नहेरी पार्टीको काममा निरन्तर लाग्ने छवी बनाएका पुडासैनीले काठमाण्डौ क्षेत्र नं ४ मा बुद्दिजीवी सहयोग समितीको अध्यक्षका रुपमा समेत योगदान पुर्याएका छन भने २०७९ मा विषम भनेर विस्लेषण गरिएको वडा नं १२ मा नेकपा एमालेलाई प्यानल नै विजयी बनाएर पार्टी जीवनमा चर्चा समेत कमाएका छन
साविक कपन गाविस र बुढानिलकण्ठ नगरपालिकाको राजनीतिक , सामाजिक र शैक्षिक विकासमा निरन्तर सक्रिय रहदै पार्टी विभाजन ,विभिन्न आरोह अवरोह र विषम परिस्थितिमा दरिलो रुपमा संस्थापन पक्षमा उभिने लडाकु नेताको पहिचान बनाएका पुडासैनीको उम्मेद्वारीले नेकपा एमाले बुढानिलकण्ठको राजनीतिमा तरंग पैदा गरेको चर्चा समेत हुने गरेको छ।
त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (PHD) गरिरहेका पुडासैनी पुष्पलाल मेमोरियल मावी /कलेजका संस्थापक समेत हुन्।
