पुष्पसदन दोहोरो उपाधिनजिक
कपन अनलाइन
काठमाण्ड,मङ्सिर १ ।
आयोजक पुष्पसदन चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दुई उपाधिनजिक पुगेको छ । पुष्पसदन सिनियर ब्वाइज र गल्र्सको थ्री बाइ थ्रीमा फाइनलमा पुगेका हुन् ।
सिनियर ब्वाइजमा पुष्पसदनले निःसर्ग वाटिकालाई ६०–४४ ले पराजित ग¥यो । पुष्पसदनको जितमा सुशान श्रेष्ठले १५ अंक योगदान गरे । फाइनलमा पुष्पसदनको भेट राराहिलसंग हुनेछ । अर्को सेमिफाइनलमा नोजा महर्जनको १४ अंक सहयोगमा राराहिलले रेडियन्ट पब्लिकलाई ४३–२८ ले हराएको थियो ।
गल्र्समा पुष्पसदनले द एक्सेल्सियरलाई १३–११ ले हरायो । उपाधिका लागि पुष्पसदनले स्वर्णिमको सामना गर्ने छ । दोश्रो सेमिफाइनलमा स्वर्णिमले मंगललाई ८–३ ले पाखा लगायो ।
जुनियर ब्वाइजमा राराहिल र ग्रिनफिल्डले उपाधि भिडन्त पक्का गरे । राराहिलले पुष्पसदनलाई २१–५ तथा ग्रिनफिल्डले निःसर्गलाई २४–८ ले पन्छाए । राराहिलका निसान केसीले ८ तथा ग्रिनफिल्डका अजय मगरले ९ स्कोर गरे । फाइनल सोमबार हुनेछ ।
