भिन्छेबहालका रोनिश अन्तिम आठमा
कपन अनलाइन
काठमाण्ड,मङ्सिर १ ।
आयोजक भिन्छेबहालका रोनिश बज्राचार्य पाटनमा जारी १५ औं यल कपको ब्वाइज यु–१५ तर्फ अन्तिम आठमा प्रवेश गरेका छन् । बज्राचार्यले कोन्टीका ज्यान खड्गीलाई २१–१०, २१–१० को सोझो सेटमा पराजित गरे ।
ललितपुर वडा नं. ७ भिन्छेबहाल स्थित मयूरवर्ण महाविहारको कोर्टमा आयोजित प्रतियोगिताको ब्वाईज तर्फ पिन्छेबहालका सुशिल मजर्हन र भिन्छेबहालका सशन बज्राचार्य पनि क्वाटरफाईनल प्रवेश गरेका छन् । महर्जनले ओकुबहालका युभान शाक्यलाई २१–५, २१–१३ र सशनले ओकुबहालका उस्मिन शाक्यलाई २१–११, २१–८ ले पराजित गरेका हुन् । यस्तै अन्तिम आठमा प्रवेश गर्ने क्रममा आरुष धाख्वाले नाबहालका न्हुजा शाक्यलाई २१–१८, १७–२१, २१–१९, नागबहालका अर्हत शाक्यले भिन्छेबहालका निर्भिक बज्राचार्यलाई १५–२१, २१–१६, २१–१७ र ओकुबहालका आरभ शाक्यले कोन्टीका बिशेष खड्गीलाई २१–१४, २१–१२ ले पराजित गरे ।

तपाइँको प्रतिक्रिया ।