टोप्स बास्केटबलमा नवोदित र ल्यान्डमार्क च्याम्पियन

टोप्स बास्केटबलमा नवोदित र ल्यान्डमार्क च्याम्पियन

कपन अनलाइन

काठमाण्ड,कार्तिक३०।

नवोदित र ल्यान्डमार्क एकेडेमीले नवौं टोप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । नवोदित ब्वाइज तथा ल्यान्डमार्क गल्र्समा च्याम्पियन बने ।
टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को आयोजनामा भएको प्रतियोगिताको ब्वाइज फाइनलमा नवोदितले ह्वाइट हेभनलाई १८–८ ले पराजित ग¥यो । नवोदितका आदेश बगालेले ६ अंक जोडे ।
गल्र्सको उपाधि भिडन्तमा ल्यान्डमार्कले तेजस्वी एकेडेमीलाई १२–८ ले हरायो । ल्यान्डमार्ककी प्रतिक्षा राईले ८ स्कोर गरिन् । ब्वाइज÷गल्र्स दुवैमा गण्डकी पब्लिक स्कुल तेश्रो भयो ।
ल्यान्डमार्क एकेडेमीको संयोजनमा भएको प्रतियोगिताको ब्वाइजमा नवोदितका सौरव खड्का र गल्र्समा ल्यान्डमार्ककी प्रतिक्षा राई ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा नवोदितका सवल श्रेष्ठ तथा गल्र्समा ल्यान्डमार्ककी श्रृष्टि ल्हो प्रतियोगिताकै सर्वाधिक स्कोर कर्ता बने । सवलले ३१ तथा श्रृष्टिले २५ अंक जोडे ।
विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, तार्केश्वर नगरपालिका वडा १ का अध्यक्ष विदुर सापकोटा, टोप्सका अध्यक्ष भरतमणि पोखरेल, टोप्सका प्रमुख सल्लाहकार एवं गण्डकी पब्लिक स्कुलका प्रिन्सिपल आरसी भट्ट, ल्यान्डमार्ककी प्रिन्सिपल सुष्मा श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तार्केश्वर नगरपालिको साङलास्थित ल्यान्डमार्क एकेडेमीमा भएको तीनदिने प्रतियोगिताको ब्वाइजमा १४ तथा गल्र्समा ८ टिमले भाग लिएको तेजस्वी एकेडेमीका प्रिन्सिपल समेत रहेका टोप्सका इसीए विभाग प्रमुख थिरबहादुर बस्नेतले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।