ओएसिसको तीनै टोली सेमिफाइनलमा

ओएसिसको तीनै टोली सेमिफाइनलमा

कपन अनलाइन

काठमाण्ड,कार्तिक २८।

आयोजक ओएसिस इङलिस स्कुल तेश्रो ओएसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । ओएसिस सिनियर ब्वाइज, जुनियर ब्वाइज र एसइइ       तर्फ सेमिफाइनलमा पुगेको हो । तीनै विधाको सेमिफाइनल समीकरण पनि तयार भएको छ ।
एसइइको ब्वाइजमा ओएसिससंगै पुष्पसदन, माइलस्टोन र एलिट सेमिफाइनलमा पुगे । सिनियर ब्वाइजमा ओएसिसले रेडियन्टसंग सेमिफाइनल खेल्ने छ । अर्को सेमिफाइनल किस्क र इनोभेटिभबीच हुनेछ । जुनियर ब्वाइजको सेमिफाइनलमा ओएसिसले ज्ञानोदय तथा प्रिमियरले किस्क विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको ओएसिसकी संस्थापक जानुका लिम्बूले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरिन् ।
नखिपोटस्थित आयोजककै कोर्टमा भइरहेको दुईदिने प्रतियोगिताको सिनियर ब्वाइजमा १४, जुनियर ब्वाइजमा ६ र एसइइतर्फ ९ टिम सहभागी छन् । एसइइतर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई जनही ३ हजार नगदबाट पुरस्कृत पार्ने छन् । सिनियर र जुनियर ब्वाइजमा नगद पुरस्कार राखिएको छैन ।

तपाइँको प्रतिक्रिया ।