टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को आयोजनामा नवौं टोप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुने

टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को आयोजनामा नवौं टोप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुने

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २५ ।

टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को आयोजनामा नवौं टोप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा टोप्समा आबद्ध विभिन्न १४ विद्यालयका २२ टिमको सहभागिता रहने ह्वाइट हेभन एकेडेमीका प्रिसिन्सपल समेत रहेका टोप्सका अध्यक्ष भरतमणि पोखरेलले पत्रकार सम्मेलनमा जानकारी गराए । तार्केश्वर नगरपालिका वडा १ को साङलास्थित ल्यान्डमार्क एकेडेमीको संयोजनमा हुने प्रतियोगिताको ब्वाइज १४ तथा गल्र्समा ८ टिमको सहभागिता निश्चित भएको छ ।
ब्वाइजमा सहभागी टिमलाई ४ तथा गल्र्समा सहभागीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइने छ । ब्वाइजमा हरेक समूहको विजेता र उपविजेता क्वाटरफाइनलमा प्रवेश गर्ने छन् । गल्र्सको समूह विजेता र उपविजेता सोझै सेमिफाइनलमा पुग्ने छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने ल्यान्डमार्ककी प्रिन्सिपल सुष्मा श्रेष्ठले जानकारी गरइन् । तीनदिने प्रतियोगतिाका खेलहरु ल्यान्डमार्कमा हुनेछ । ब्वाइजमा तेजस्वी एकेडेमी र गल्र्समा बेलमोन्ट स्कुल डिफेन्डिङ च्याम्पियन हुन् ।
टोप्सका इसीए विभाग प्रमुख एवं तेजस्वीका प्रिन्सिपल थिरबहादुर बस्नेतले बास्केटबल पछि फुटसल प्रतियोगिता आयोजना गर्ने बताए ।

तपाइँको प्रतिक्रिया ।