आयोजक टीआईए ‘ए’ को दोहोरो जित

आयोजक टीआईए ‘ए’ को दोहोरो जित

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २३।

आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) ‘ए’ ले १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार दोहोरो जित हात पारेको छ ।
हात्तीगौडास्थित घरेलु कोर्टमा टीआईए ‘ए’ ले दुर्गा भवानीलाई ५१–३२ ले पराजित ग¥यो । विजेताका सुमन नगरकोटीले १९ अंक जोडे । अर्को खेलमा टीआईए ‘ए’ ले हिमरश्मिलाई ४७–३२ ले हरायो । विजयी टिमका लागि रोशन नगरकोटीले २२ स्कोर गरे ।
ब्वाइजमै विल्सन एकेडेमीले ग्रिनल्यान्डलाई ५७–३७ तथा बीएमसीएले टीआईए ‘बी’ लाई ३३–२२ ले पाखा लगाए । विल्सनका रेहान डंगोलले १६ तथा बीएमसीएका आलोक कार्कीले १० अंक बटुले ।
गल्र्समा हिमरश्मिले टीआईए ‘ए’ लाई १४–८ तथा बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले टीआईए ‘बी’ लाई १७–१० ले पन्छाए । हिमरश्मिकी पूर्णिमा कार्कीले ८ तथा बीएनएकी प्रेमिकाले ११ अंक जोडे ।

तपाइँको प्रतिक्रिया ।