होप फाउन्डेसनको आयोजनामा फुटसल प्रतियोगिता हुने
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ११।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको होप फाउन्डेसनको आयोजनामा फुटसल प्रतियोगिता हुने भएको छ। कार्तिक १६ गते देखि हुने सो प्रतियोगितामा विभिन्न पुनर्स्थापना केन्द्रहरुको सहभागिता रहने छ।
लागु औसध विरुद्ध सन् २०११ देखि जनचेतना, पुनर्स्थापना र जागरण सहित समाज परिवर्तनमा सक्रिय रहेको होप फाउन्डेसनले निरन्तर आयोजना गर्दै आएको प्रतोयोगिताको आठौ शृंखलामा २० पुरुष र ४ महिला पुनर्स्थापना केन्द्रको सहभागिता रहेको विजय मगरले जानकारी दिएका छन।सो प्रतियोगिताका वारेमा जानकारीका लागि ९८१३७८५१८९ वा ४८१०१०० मा सम्पर्क गर्न सकिने छ।
विगत १४ वर्ष देखि सक्रिय रहेको सो संस्थाले फुट्सल प्रतियोगिता सहित विभिन्न सामाजिक र रचनात्मक गतिविधिहरु गर्नुका साथै लागु औसधको कुलतमा फसेका युवाहरुको उपचार र समाजमा स्थापित गर्ने काम गर्दै आएको छ।
