काँकडभिट्टा माध्यमिक विद्यालयमा विज्ञान शिक्षक आवस्यकता !
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १०।
मेचीनगर–६, झापास्थित काँकडभिट्टा माध्यमिक विद्यालयले माध्यमिक तहका लागि विज्ञान विषयका शिक्षक माग गरेको छ। विद्यालयले शिक्षक दरबन्दी सम्बन्धी आवश्यकताको कारणले करार सेवामा शिक्षक नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो।
विद्यालयका अनुसार दरखास्त दर्ता हुने म्याद सूचना प्रकाशित मितिबाट १५ दिनभित्र करार सूचीका लागि र ३० दिनभित्र खुला प्रतिस्पर्धाका लागि तोकिएको छ। इच्छुक नेपाली नागरिकहरूले आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्।
विज्ञापनका मुख्य विवरणहरू:
-
विज्ञापन नं.: ०२/२०८२
-
पद: विज्ञान शिक्षक
-
तह: माध्यमिक (तृतीय श्रेणी)
-
सेवा प्रकार: करार
-
उमेर सीमा: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
-
शैक्षिक योग्यता: विज्ञान विषयमा स्नातक तह (B.Ed./B.Sc.) वा सो सरह उत्तीर्ण र सम्बन्धित विषयमा तालिम प्राप्त
-
दरखास्त दस्तुर: रु. १५०० (एक हजार पाँच सय रुपैयाँ)
दरखास्तका लागि आवश्यक कागजातहरू:
-
शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि
-
नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
-
अनुभव प्रमाणपत्र (यदि छ भने)
-
दरखास्त फाराम र स्थायी ठेगानाको प्रमाणपत्र
सम्पर्क मिति र स्थान:
-
करार सूचीका लागि: २०८२ कार्तिक ९ गते
-
खुला प्रतिस्पर्धाका लागि: २०८२ कार्तिक ३० गते विद्यालय परिसरमा
-
सम्पर्क नम्बर: ०२३–५६६१२८, ९८२७३९२७५७, ९८२७३९२७०८
