श्री राष्ट्रिय आधारभूत विद्यालय, भडरिया (धनुषा) मा अङ्ग्रेजी शिक्षक आवश्यकता !
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ९।
धनौजी गाउँपालिका–४, भडरियास्थित श्री राष्ट्रिय आधारभूत विद्यालयले आधारभूत तह (कक्षा ६–८) का लागि अङ्ग्रेजी विषयका शिक्षक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
विद्यालयले धनौजी गाउँपालिकाको २०८२ असोज ६ गतेको निर्णय अनुसार प्राप्त स्वीकृतिअनुसार सो पदका लागि आवेदन माग गरेको हो।
पद विवरणः
-
विज्ञापन नं.: ०२/२०८२/०८३
-
पद: शिक्षक
-
कक्षा: आधारभूत तह (६–८)
-
विषय: अङ्ग्रेजी
-
पद संख्या: १ (एक)
-
सेवा प्रकार: करार
परीक्षा तथा योग्यता विवरण:
-
परीक्षा शुल्क: रु. १,००१ — विद्यालयको नेपाल बैंक लिमिटेड, खाता नं. ००००२०००००००३६४६५०००००१ मा जम्मा गरि भौचर संलग्न गर्नुपर्ने।
-
परीक्षा प्रकार: लिखित र अन्तर्वार्ता
-
उमेर सीमा: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
-
शैक्षिक योग्यता: प्रमाणपत्र तह वा सो सरह, अङ्ग्रेजी विषयमा मुख्य विषय सहित अध्यापन अनुमति पत्र अनिवार्य हुने
-
पाठ्यक्रम: शिक्षक सेवा आयोगले तोकेको तह अनुसारको
-
दरखास्त दिने म्याद: सूचना प्रकाशित मितिबाट ३० दिनभित्र
-
सम्पर्क मिति: २०८२/०८/०५
-
सम्पर्क नम्बरहरू: ९८४४०२५८४६, ९८०००५९७३०
विद्यालयका प्रधानाध्यापकका अनुसार योग्य र इच्छुक उम्मेदवारहरूले तोकिएको म्यादभित्र सम्पूर्ण प्रमाणपत्रका प्रतिलिपिसहित आवेदन दिन सक्नेछन्।
