खिजीदेम्बा गाउँपालिकामा स्वास्थ्यकर्मी आवस्यक !
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ५।
ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ले करार सेवामा विभिन्न पदहरूका लागि दरखास्त आह्वान गरेको छ। गाउँपालिकाको स्वास्थ्य शाखाले रिक्त रहेका पदहरू पूर्तिका लागि योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको हो।
गाउँपालिकाले प्रकाशित सूचनाअनुसार ल्याब टेक्निसियन र एएनएम (सहायक नर्स मिडवाइफ) पदका लागि दरखास्त खुला गरिएको छ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन्।
पद विवरणः
| क्र.सं. | विज्ञापन नं. | पद | संख्या | दरखास्त शुल्क |
|---|---|---|---|---|
| १ | ०८/२०८२/०८३ | ल्याब टेक्निसियन | १ जना | रु. १००० |
| २ | ०९/२०८२/०८३ | एएनएम (सहायक नर्स मिडवाइफ) | २ जना | रु. ५०० |
मुख्य योग्यता र मापदण्डः
-
मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा CMLT (ल्याब टेक्निसियन) वा ANM तह उत्तीर्ण गरेको हुनुपर्ने।
-
सम्बन्धित परिषद् (नेपाल स्वास्थ्य व्यवसायी परिषद्) मा दर्ता अनिवार्य।
-
उमेर सीमा: १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिला र अपांगता भएका उम्मेदवारका लागि ४० वर्षसम्म)।
-
दरखास्त दिने अन्तिम मिति: सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयभित्र।
-
परीक्षा प्रकार: लिखित, मौखिक वा आवश्यकतानुसार अन्तर्वार्ता।
-
सेवा सुविधा: गाउँपालिकाको निर्णय तथा स्वास्थ्य सेवा नियमावलीअनुसार।
-
करार अवधि: २०८२ असार मसान्तसम्म।
-
आवेदन शुल्क जम्मा गर्ने खाता:
Aantarik Rajashwo Khata नं. 1780140000016 – खिजीदेम्बा गाउँपालिका।
आवश्यक कागजातहरूः
-
नागरिकता प्रमाणपत्रको प्रतिलिपि
-
शैक्षिक योग्यता प्रमाणपत्र
-
परिषद् दर्ता प्रमाणपत्र
-
अनुभव खुलेको प्रमाणपत्र (हुँदा)
-
दरखास्त शुल्क तिरेको रसिद
-
दुई प्रति पासपोर्ट साइजका फोटो
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलराज भण्डारी द्वारा हस्ताक्षरित सूचनामा योग्य र इच्छुक उम्मेदवारलाई तोकिएको समयभित्र सम्पूर्ण प्रमाणसहित दरखास्त बुझाउन अनुरोध गरिएको छ।
