जोरायल गाउँपालिकामा जनस्वास्थ्य अधिकृत

जोरायल गाउँपालिकामा जनस्वास्थ्य अधिकृत

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ४।

सुदूरपश्चिम प्रदेशको डोटी जिल्लास्थित जोरायल गाउँपालिका, रावतकेडे ले सेवा करारमा जनस्वास्थ्य अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको ‘म मेरो स्वास्थ्य, मेरो समुदाय स्वास्थ्य, घरघरै स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ सञ्चालनका लागि आवश्यक जनशक्ति करारमा नियुक्त गर्न गाउँपालिकाले सूचना जारी गरेको हो।

सूचना अनुसार इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्।

पद विवरण

  • विज्ञापन नं.: ०१-२०८२/०८३

  • सेवा/समूह: स्वास्थ्य/हे.सु.

  • पद: जनस्वास्थ्य अधिकृत

  • तह: अधिकृत सातौं

  • संख्या: १ (एक) जना

योग्यता

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट जनस्वास्थ्य विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण हुनुपर्ने।

आवश्यक कागजातहरू

  • उम्मेदवारको व्यक्तिगत विवरण

  • अनुभव खुलेको प्रमाणपत्र

  • नेपाली नागरिकताको प्रमाणपत्र

  • NHPC दर्ता प्रमाणपत्र

  • न्यूनतम शैक्षिक योग्यता प्रमाणपत्र

  • २ प्रति पासपोर्ट साइजका फोटो

अन्य विवरण

  • परिक्षा प्रकार: लिखित र अन्तर्वार्ता

  • उमेर सीमा: १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिलाका लागि ४० वर्षसम्म)

  • दरखास्त दिने स्थान: जोरेायल गाउँपालिकाको कार्यालय, रावतकेडे, डोटी

  • दरखास्त दिने अन्तिम मिति: २०८२/०७/१२ कार्यालय समयभित्र

  • सेवा सुविधा: नेपाल सरकारको नियमानुसार

  • करार अवधि: २०८२ असार मसान्तसम्म

  • दरखास्त शुल्क: रु. १०००/- (जोरेायल गाउँपालिकाको आन्तरिक राजस्व खातामा जम्मा गर्नुपर्ने)

सूचना अनुसार, दरखास्त फाराम र लिखित परीक्षा पाठ्यक्रम गाउँपालिकाको वेबसाइट www.jorayalmun.gov.np बाट डाउनलोड गर्न सकिनेछ।

थप जानकारीका लागि:

जोरेायल गाउँपालिका, रावतकेडे, डोटी
फोन: ०९९-४१०४५६ / ९८४८४५५६७६

तपाइँको प्रतिक्रिया ।