बुढानिलकण्ठ नगर खेलकुद विकास बोर्डको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २।
बुढानिलकण्ठ नगर खेलकुद विकास बोर्डको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नम ८ मा रहेको गोल्फुटार सेमी कबर्ड हलमा आयोजित सो कार्यक्रममा विभिन्न् क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारी , उपप्रमुख अनिता लामा सहित वडा अध्यक्षहरु र खेलाडीहरुको उपस्थिति रहेको सो चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा कपन टाइगरले डेमोनेस्ट्रेसन समेत गरेको बोर्डका अध्यक्ष सुमन तामाङ्गले जानकारी दिएका छन ।
तपाइँको प्रतिक्रिया ।
