१०औं बुढानिलकण्ठ नगरकप फुटबल प्रतियोगिता उद्घाटन

१०औं बुढानिलकण्ठ नगरकप फुटबल प्रतियोगिता उद्घाटन

कपन अनलाइन

काठमाडौं , असोज २७ ।

बुढानिलकण्ठ युवा समाजको आयोजनामा संचालित १०औं बुढानिलकण्ठ नगरकप फुटबल प्रतियोगिता उद्घाटन भएको छ।

कार्यक्रमका प्रमुख अतिथी बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी रहेका थिए। कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष कृष्ण शाहको सभापतित्वमा सम्पन्न भएको हो।

उद्घाटन समारोहमा बुढानिलकण्ठ स्कुलका प्रधानाध्यापक केशरबहादुर खुलाल, वडा नं. ४ का वडा अध्यक्ष श्रीराम केसी, वडा नं. ८ का वडा अध्यक्ष सुमन तामाङ, र नेपाल फुट्भलि संघका अध्यक्ष राजु विक्रम थापा लगायत अतिथिहरूको उपस्थिति थियो। युवा समाजका अध्यक्ष अशोक खडका र कार्यक्रम सम्योजक सुवास ठकुरीले सम्पुर्ण लाई स्वागत गरेका थिए।

उद्घाटन खेलमा तौलुङ युवा क्लबले साबिक विजेता शिवपुरी नवजागृत क्लबलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
तौलुङका विश्व लामाले दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे र खेलको ‘फ्र्यान्क्लिन म्यान अफ द म्याच’ घोषित भए। उनले नगद रु. १,००० र फ्र्यान्क्लिन गिफ्ट ह्याम्पर प्राप्त गरे।

प्रतियोगिताको विजेताले नगद रु. २,००,००० र उपविजेताले रु. १,००,००० प्राप्त गर्नेछन्।
यस संस्करणको टाइटल स्पोन्सर फ्र्यान्क्लिन एजुकेशनल कन्सल्टेन्सी रहेको छ। आजै भएको दोश्रो खेलमा तौलुङ स्पोर्ट्स एकेडेमी ले बालेश्वोरी क्लब लाई २ -१ गोलले पराजित गरेको थियो। दोश्रो खेलको म्यान अफ द म्याच तौलुङ्को लागि दुई गोल गर्ने सुनिल लामा चुनिए।

प्रतियोगिता कार्तिक २ गतेसम्म बुढानिलकण्ठ स्कुलको मैदानमा निरन्तर सञ्चालन हुने आयोजकले जनाएको छ।

 

तपाइँको प्रतिक्रिया ।