श्री ओखरपौवा माध्यमिक विद्यालयमा शिक्षक आवस्यकता !
कपन अनलाइन
काठमाण्डौ ,असोज २५।
नुवाकोटको ककनी गाउँपालिका–१, जल्केनीस्थित श्री ओखरपौवा माध्यमिक विद्यालयले शिक्षक पदका लागि आवेदन आह्वान गरेको छ। विद्यालयले प्रकाशित सूचनाअनुसार करार सेवामा अंग्रेजी विषयका एक जना माध्यमिक तहका शिक्षक नियुक्त गर्नुपर्ने भएको हो।
विद्यालयका अनुसार सो पदका लागि दरखास्त दिने उम्मेदवारले माध्यमिक तह तेस्रो तह (B.Ed.) मा अंग्रेजी विषय प्रमुखसहित उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, शिक्षक सेवा आयोगबाट प्राप्त स्थायी वा अस्थायी अनुमतिपत्रसमेत आवश्यक हुनेछ।
पद विवरण:
-
विज्ञापन नं.: ०८०/८१–०१
-
पद: शिक्षक (माध्यमिक तह – अंग्रेजी विषय)
-
तह: माध्यमिक
-
सेवाको किसिम: करार
-
योग्यता: सरकारद्वारा तोकिएको न्यूनतम शैक्षिक योग्यता र अध्यापन अनुमति पत्र।
-
अनुभव: सामुदायिक विद्यालयमा अध्यापन अनुभव भएकालाई प्राथमिकता।
-
दरखास्त शुल्क: रु. ५००
-
आवेदन दिने अन्तिम मिति: २०८१/०७/१९
उम्मेदवारले आवश्यक कागजातसहित विद्यालयमा दरखास्त बुझाउन सक्नेछन्। लिखित परीक्षा तथा अन्तर्वार्ता मार्फत योग्य उम्मेदवार चयन गरिने विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक ठाकुर प्रसाद खनालद्वारा जारी सूचनामा दरखास्त पेश गर्ने समयसीमा भित्र सम्पर्क राख्न अनुरोध गरिएको छ।
