बुढानिलकण्ठ -१० बालुवाखानीमा वर्षाका कारण पहिरो: गम्भीर क्षति भएन , नगरपालिकाको सक्रियतामा सडक सफा गरियो

बुढानिलकण्ठ -१० बालुवाखानीमा वर्षाका कारण पहिरो: गम्भीर क्षति भएन , नगरपालिकाको सक्रियतामा सडक सफा गरियो

कपन अनलाइन

काठमाडौं,असोज १९ ।

बुढानिलकण्ठ नगरपालिका वडा -१० बालुवाखानीमा वर्षाका कारण पहिरो गएको छ।
गएरातिदेखि परेको पानीका करन आएको पहिरोले कुनै पनि गम्भीर क्षती नपुगेको तर केही समय सडक अवरुद्ध भएको वडा सदस्य चन्द्रमान श्रेष्ठले जानकारी दिएका छन।
सो स्थानमा सडक अवरुद्ध भएको सुचना पाए संगै नगरपालिकाबाट आएको डोजर सहितको जनशक्तिले सडक सफा गरेर आवागमन सुचारु गरेको छ।

तपाइँको प्रतिक्रिया ।