उच्च सतर्कता अपनाउन नागरिकलाई बुढानिलकण्को अत्यन्त जरुरी सूचना

उच्च सतर्कता अपनाउन नागरिकलाई बुढानिलकण्को अत्यन्त जरुरी सूचना

कपन अनलाइन

काठमाण्डौ ,असोज १९।

बुढानीलकण्ठ नगरपालिका, हात्तीगाउँ चोकमा रहेको नगर कार्यपालिकाको कार्यालयले उच्च सतर्कता अपनाउन नागरिकलाई अत्यन्त जरुरी सूचना जारी गरेको छ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार असोज २० गतेसम्म अविरल वर्षा हुने भएकाले यसबाट बाढी, पहिरो, भू–क्षय जस्ता विपद् घटना हुन सक्ने सम्भावना रहेको भन्दै नगरपालिकाले सतर्क रहन आग्रह गरेको हो।

सूचनामा नागरिकलाई आवश्यक सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न, अवाञ्छित यात्रा नगर्न तथा कुनै पनि विपद् आएमा तत्काल सम्बन्धित निकायलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।

तपाइँको प्रतिक्रिया ।