काठमाडौं महानगरपालिकामा जागिरको अवसर, के के मा छ माग ?

काठमाडौं महानगरपालिकामा जागिरको अवसर, के के मा छ माग ?

कपन अनलाइन

काठमाण्डौ ,असोज १०।

 काठमाडौं महानगरपालिकाले सेवा करारमा विभिन्न प्राविधिक पदका लागि जनशक्ति माग गरेको छ। महानगरपालिकाको सूचना प्रविधि विभाग अन्तर्गत सफ्टवेयर डेभलपमेन्ट एन्ड अपरेसन सेन्टर (SDOC) स्थापना तथा सञ्चालनका लागि करारमा योग्य जनशक्ति भर्ना गर्न खुला दरखास्त आह्वान गरिएको हो।

प्राविधिक सेवा तर्फ कुल ५ पदका लागि ७ जना कर्मचारी माग गरिएको छ। दरखास्त दिने अन्तिम मिति सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र तोकिएको छ।

माग भएका पदहरू यसप्रकार छन्:

१.Project Manager (PM) – १ जना

२.System Analyst – १ जना

३.Front-End Developer – २ जना

४.Back-End Developer – २ जना

५.Database Engineer – १ जना

सवै पदका लागि कम्प्युटर विज्ञान वा इन्जिनियरिङ विषयमा स्नातक तह उत्तीर्ण गरेको तथा सम्बन्धित क्षेत्रमा कम्तीमा १ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ।

दरखास्त दिने उम्मेदवारले रु. १,००० आवेदन शुल्क राजश्व तिर्ना गरेर वा QR भुक्तानी प्रणाली प्रयोग गरेर बुझाउन सक्नेछन्। आवेदन www.onlineapplication.kathmandu.gov.np मा गएर अनलाइनमार्फत पेश गर्न सकिने व्यवस्था गरिएको छ।

विस्तृत जानकारीका लागि महानगरपालिकाको आधिकारिक वेबसाइट www.kathmandu.gov.np हेर्न सकिनेछ।

तपाइँको प्रतिक्रिया ।